नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले एमालेले जितेपछि नव विवाहिता दम्पतीले ३५ दिनभित्र विवाहदर्ता गरेमा १÷१ हजार दिने बताएकी छन्। यसैगरी बालबालिकाको जन्म दर्ता गर्दा पनि ३५ दिनभित्र गर्दा १ हजार दिने उनले बताईन् । बालबालिकाको उज्ज्वल भबिष्य बनाउने नीति निर्माण गरिने बताईन् ।

हेटौंडा–६ र ७ नम्बर वडामा भएको चुनावी सभामा बोल्दै उपमहानगरपालिका भित्रका नागरिकको बच्चा जन्मिएपछी ३५ दिन भित्रमा जन्मदर्ता गरेमा बच्चाको उज्ज्वल भबिष्यको लागि उपमहानगरपालिकाले नै बैंक खाता खोलेर १ हजार रुपैयाँ जम्मा गर्ने नीति निर्माण गरिने उनले बताईन् ।

उनले सामाजिक घटना दर्तालाई सहज बनाउनका लागि काम गरिने, नागरिकहरुलाई उपमहानगरपालिकासँग सहज रुपमा जोडिने माध्यम निर्माण गर्ने, वडागत रुपमा भएको शहरी स्वास्थ्य केन्द्रलाई सुदृढीकरण गर्दै लैजाने, विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न आवश्यक सहयोग गर्ने, युवा लक्षित कार्यक्रमहरु गर्ने जस्ता योजनाहरु एमालेले बनाएको जानकारी दिईन् ।

बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउन तथा उद्यमसँग जोड्न सिपबिकास कार्यक्रमका साथै सहुलियत ऋण उपलब्ध गराउने, कृषियोग्य जमिनमा कृषि गरेर आत्मनिर्भर बनाउन पहल गर्ने साथै आवश्यक सुबिधा प्रदान गर्दै आत्मनिर्भर बनाउनेतर्फ एमालेले काम गर्न प्रतिबद्ध भएको काफ्लेको भनाई छ ।

पालिका प्रेस
थप जानकारी