पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पशुपक्षी विकास शाखाले पशुपालक किसानलाई प्रविधि हस्तान्तरण गरेको छ । नगरप्रमुख धीरज शर्मा बस्यालले किसानलाई चापाकटर, ठेलागाडा, काउ म्याटलगायत सामग्री वितरण गरे ।

किसानको २५ र नगरपालिकाको ७५ प्रतिशत अनुदानमा चापाकटर २२ थान, ठेलागााडी १०० थान, काउ म्याट ६० थान र करिब ५ सय कृषकलाई खनिज वितरण गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख बस्यालले व्यावसायिक पशुपालन गरेका कृषकलाई नगरको पशुपक्षी शाखामा दर्ता भएर सुविधा लिन आग्रह गरे । कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष रवीन्द्रविक्रम हमालले किसानलाई वितरण गरिएका सामग्रीले कृषि उत्पादन बढाउन सहज हुने विश्वास व्यक्त गरे ।