मकवानपुरको थाहा नगरपालिकाको बजारमा उत्पादन मितिभन्दा अगावै उत्पादन बजारमा बिक्री वितरण गरेको पाईएको छ ।

पालिकाको वडा नम्बर २ मा रहेको फ्रेडसिप बेकरी उद्योगले उत्पादन गरेको केक उत्पादन मितिभन्दा अघिल्लो दिनमै बजारमा भेटिएको हो । उत्पादन मिति ७ जुन २०२२ लेखिएको र उपभोग्य मिति उत्पादन मितिले ७ दिन लेखिएको केक अघिल्लो दिन अर्थात् ६ जुन २०२२ मै बजारमा बिक्रीवितरण गरिएको भेटिएको थाहा–३ का लक्ष्मण वर्तौलाले जानकारी दिए । बर्तौलाले केक प्याकिङको मिति देखिने गरी फोटो राखेर फेसबुकमा लेखेका छन्–‘भोलि उत्पादन हुने दुनोट आजै खान पाइयो ।’

त्यसोतः उक्त प्याकिङ केक भनिए पनि स्थानीयहरुले सो वस्तुलाई दुनोट भनेर चिन्छन् । एक उपभोक्ताले प्रति प्रश्न गर्दै भने–‘मिति त गलत छ नै भित्र दुनोट प्याक गरेर केकको नाम दिने चै किन रैछ ?’

कानुन अनुसार स्थानीय बजार अनुगमन र नियमनको जिम्मा अहिले स्थानीय तहलाई रहेको छ । समय समयमा बजार अनुगमन नहुनुले पनि मनलाग्दी ढंगले उत्पादन र विक्रि भई उपभोक्ताको स्वास्थ्य माथि खेलबाड हुने गरेको उपभोक्तावादीहरु बताउँछन् ।

 

पालिका प्रेस
थप जानकारी