धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० लागि निति तथा कार्यक्रमले ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ । गाउँसभाले प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिक्षा सेवा,स्वस्थ्य सेवा,कृषि शाखा,पशु सेवा तर्फका कर्मचारुहरु तथा शिक्षमहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरुका लागि २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ । विशेष र समपुरक योजना तथा कार्यक्रमका लागि रु. १२ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

विषयगत योजना तथा कार्यक्रमका लागि रु. ११ करोड ४४ लाख ३१ हजार रकम विनियोजन गरिएको छ । वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ६ करोड बजेट विनियोजन गरिएको उपाध्यक्ष भाइकाजी तिवारी गाउँसभामा प्रस्तुत गर्नु भएको छ ।

गाउँसभामा बजेट प्रस्तुत गर्नु हुँदै उपाध्यक्ष तिवारीले ६० वर्ष पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न २ लाख ८० हजार रकम बजेट विनियोजन गरिएको गल्छीबाट राजाराम डंगोलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी