मकवानपुर थाहा नगरपालिकाले ७ वर्षदेखि नीतिगत रुपमा अघि बढाएको योजना ‘एक घर, एक धारा’ कार्यक्रमलाई आर्थिक वर्ष २०७९÷०८० मा पनि निरन्तरता दिने भएको छ । १० असारमा पालिकाका उपप्रमुख भरत गोपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस नीतिलाई निरन्तरता दिइएको हो ।
थाहानगरको वडा नम्बर १, २ ३ र ४ मा संघीय सरकारसंगको लागत साँझोदारीमा वृहत्त खानेपानी आयोजना निर्माणको लागि सम्झौता भई टेण्डर आव्हान भैसकेको योजनालाई समयमै सम्पन्न गर्ने नगरपालिकाको योजना छ । नगरका सम्पन्न खानेपानी योजनाहरुलाई थाहानगर खानेपानी व्यवस्थापन बोर्ड मार्फत संचालनको व्यवस्थ ागर्ने नीति छ । साथै नगरमा निर्माण भई सञ्चालनमा आएका खानेपानी योजनाहरुलाई क्रमशः नगर खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरी संचालनको व्यवस्था मिलाउने नीति थाहा नगरपालिकाको रहेको छ ।
प्रत्येक घरमा खानेपानी पहुँच विस्तारका लागि विकास साँझेदारहरुसंगको सहकार्यलाई निरन्तरता दिइने थाहा नगरपालिकाको नीति छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्