मकवानपुर थाहा नगरपालिकाले सम्पन्न गरेका योजनाहरुको अनुगमन अब वडाबाटै हुने भएको छ । स्थानीय तह कार्यानवयनसंगै वि.सं. २०७४ सालबाटै थाहा नगरपालिकाका उपप्रमुखले अनुगमन सम्बन्धी कार्य गर्दै आएकोमा पालिकाले २० असारमा सबै वडा कार्यालयहरुलाई परिपत्र गदै वडाबाट अनुगमन सम्बन्धी काम गर्न भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ (ख) मा उप्रमुखको काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ । उक्त दफा १६ (ख) ५ मा ‘योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने’ व्यवस्था छ ।

थाहा नगरपालिकाले वडालाई गरिएको परिपत्रमा उपप्रमुखको अनुगमन गर्ने अधिकार वडास्तरीय अनुगमन समितिलाई प्रत्यायोजन गरिएको उल्लेख गरिएको छ । वडास्तरीय अनुगमन समितिले वडामा संचालन भएको १० लाखसम्मको योजना अनुगमन गरी प्रतिवेदन पेश गर्ने र १० लाख माथिको योजना उपप्रमुखको संयोजकत्वमा रहेको नगरस्तरीय अनुगमन समितिले गर्ने भनिएको छ ।

पालिकाले वडास्तरीय अनुगमन समितिको ढाँचा पनि परिपत्रमा लेखी पठाएको छ । पत्रानुसार अनुगमन समितिको संयोजक सम्बन्धीत वडाको वडाध्यक्ष हुने, एक महिलासहित २ जना वडा सदस्य, वडाको प्राविधिक सदस्य र वडा सचिव अनुगमन समितिको सदस्य सचिव हुनेछन् । समितिका यि पदका व्यक्तिहरु भनेको वडास्तरीय योजना कार्यान्वयनमा समेत सक्रिय हुने व्यक्ति हुन् ।

वडास्तरीय योजना तथा कार्याक्रम तर्जुमा र अनुगमन गर्ने अधिकार वडा समितिलाई हुने स्थानीय सरकार सञ्चालन ऐनको दफा १२ मै उल्लेख गरिएको छ । त्यसोतः ऐनको दफा १८ मा नगर प्रमुख तथा उपप्रमुखले आफ्नो अधिकार आफू अन्तर्गतका समिति, उपसमिति, प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्न सकिने व्यवस्था छ ।

थाहा नगरपालिकाले यसअघि योजना सम्पन्न भएपछि अनुगमन नहुन्जेलसम्म उपभोक्ता समितिले योजना सम्झौताको १० प्रतिशत रकम पाउन्थेनन्् । र, अनुगमन भएपछि मात्र उक्त रकम पाउने व्यवस्था गरिएको थियो । यहि कार्यलाई सह जगर्नका लागि यो प्रक्रिया अपनाइएको बुझिएको छ ।

हेर्नुहोस् पत्रः