आर्थिक वर्ष २०७९/०८० बाट लागु हुने गरी मालपोत कार्यालय शिखरकोट अन्तर्गतको जग्गाको न्यूनतम मूल्य निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुल्य निर्धारण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा बसेको बैठकले न्यूनतम मूल्याङ्कन निर्धारण गरेको हो । निर्णय १ श्रावणबाट लागु हुनेछ ।

मालपोत नियमावली २०३६ (संसोधित सहित)को नियम ५ (ख)को बमोजिम थैली रकम कायम गरिएको समितिका सदस्य सचिव तथा मालपोत कार्यालय शिखरकोटका प्रमुख मधु लम्सालले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८०को लागि आफ्नो कार्यक्षेत्रमा पर्ने नगरपालिका तथा गाउँपालिकाको जग्गाको छुट्टाछुट्टै लिखत प्रयोजनका लागि न्युनतम मुल्याङ्कन निर्धारण गरिएको प्रमुख लम्सालले बताए ।

उनले जग्गाको प्रयोजनको अवस्था, चालू आर्थिक वर्षमा कारोबार भएको खरिद बिक्री मूल्य, विभागबाट प्राप्त परीपत्र, सम्बन्धीत स्थानीय तहबाट प्राप्त सुझाव, कार्यालयको स्थलगत अध्ययनलगायतलाई आधार बनाई मूल्याङ्कन गरिएको बताए ।

हेर्नुहोस् मूल्याङ्कन जग्गाको दररेटः

पालिका प्रेस
थप जानकारी