मकवानपुरको मनहरी गाउँपालिकामा नदजिन्य पदार्थ विक्रि गर्ने ठेकेदारले पालिकाबाट प्रमाणित भएको रसिद भन्दा फरक रसिद प्रयोग गरेकोमा छानविन गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औल्याएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा फरक रसिद प्रयोग गरी राजश्व छली भएको सम्बन्धमा छानविन गर्नुपर्ने भनिएको छ ।

त्यस्तै मनहरी गाउँपालिकाकाले नदीजन्य पदार्थको ठेक्का लागत अनुमान स्वीकृत पश्चात् १५ प्रतिशत ओभरहेड घटाई कबोल अंक कायम गरेकोमा कानुनी आधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

नदीजन्य पदार्थको उक्त ओभरहेड घटाइएकोमा छानविन गरी न्यून लागत अनुमान तयार गर्नेलाई समेत जिम्मेवार बनाई घटाइएको रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको अंशः

पालिका प्रेस
थप जानकारी