साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ ले दुध उत्पादन गरी बिक्रि गर्ने किसानहरुलाई १० पुसमा अनुदान वापतको रकम हस्तान्तरण गरेको छ । सहकारीद्वारा सन्चालित दुग्ध डेरिमा किसानहरुबाट उत्पादित दुग्ध बिक्री गरे बापत, दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत मकवानपुरकाे मनहरी गाउपालिकाले प्रती लिटर २ र सहकारीद्वारा रु १ गरि जम्मा ३ रुपैया प्रतिलिटर किसानलाई अनुदान दिएको हो ।

१ वर्षमा सहकारीले २ लाख ३ हजार ५ सय ९२ लिटर दुध खरिद गरेकामा प्रति लिटर ३ रुपैयाका दरले ६ लाख १० हजार ७ सय ७६ रुपैया किसानलाई अनुदान दिएको हो । दुग्ध अनुदान मनहरी गाउपालिकाको अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष बिमला कार्कीको सभापतित्वमा प्रदान गरिएको हो । कार्यक्रममा सहकारीका प्रबन्धक ज्योती सुवेदी, सन्चालक प्रतिनिधि लोकनाथ ढुङ्गाना, रामभक्त उप्रेती, केदारनाथ तिमल्सिना, दुध उपसमिती सदस्य अम्बिका पुडासैनी , सस्थाको लेखा सहायक, डेरिका कर्मचारिहरु र दुध उत्पादक किसान सदस्यहरुको उपस्थितिमा बितरण गरिएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी दुध उत्पादन गर्ने तर्फ सहकारीमा २० औ बर्षदेखि दुध उत्पादन गरी बिक्री गर्दै आइरहनुभएका राधिका उप्रेती भएकी थिइन् । उनले १२ हजार ५ सय १३ लिटर दुध बिक्री गरेकी थिइन् । जसबापत उनले ३७ हजार ५ सय १३ रुपैया बुझिलिइन् । सबै भन्दा बढी दुध उत्पादन गर्ने उनीलगायत अन्य सम्पूर्ण किसान सदस्यलाई सहकारीका अध्यक्ष कार्कीले धन्यवाद ज्ञापन गरे ।