नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही साउन ३० र ३१ गते थरी दुई दिन अभिमुखीकरण दिने भएको हो ।

ललितपुरमा हुने उक्त अभिमुखीकरणमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुने पार्टी कार्यालयले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख रउपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमका लागि साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरुको नाम दर्ता गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि माअोवादीले पनि यस्तो तालिम संचचालन गरेकाे थियो।

पालिका प्रेस
थप जानकारी