हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको २४ भाद्रमा बसेका बैठकले केही कर्मचारीको तह वृद्धि गर्ने निर्णय गरेको छ । बैठकले सेवा परिवर्तन गरेका कर्मचारीको सेवा परिवर्तन बदर गर्ने, अतिरिक्त सेवा सुविधा सम्वन्धी कार्यबिधि तर्जुमा गर्न सैद्धान्तिक सहमती दिने पनि निर्णय गरेको प्रवक्त सविन न्यौपानेले जानकारी दिए । टोल विकास संस्था गठन परिचालन कार्यबिधि कानून मस्यौदा समितिमा पठाउने, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–६, ७, ८, १५, १६, १७ र १८ हुँदै बग्ने खहरे खोलाहरुबाट नजिदन्य पदार्थहरु दिगो रुपमा उत्खनन्, संकलनका लागि तयार भएको प्रारम्भिक वातावरणिय परिक्षण प्रतिवेदन २०७९ को प्राविधिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पेस गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए ।

कार्यपालिका बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बैठले संघीय सरकार मातहत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सिनियर प्रहरी अधिकृतको आवास गृह निर्माण गर्नका लागि रकम सहयोग गर्ने निर्णय गरेको छ । प्रहरीको आवासगृह जिर्ण भएकाले निर्माण गर्नका लागि रकम सहयोग गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

सिनियर प्रहरी अधिकृतको आवासगृह निर्माण गर्नका लागि २० लाख रुपैयाँ दिने निर्णय गरिएको हो । संघीय सरकार मातहतको प्रहरीलाई खुसी बनाउनकै लागि यो रकम दिने निर्णय गरिएको हो । कानूनत संघीय सरकारको निकायलाई स्थानीय सरकारले रकम निर्णय गरेर दिनुपर्दैन ।यसैगरी फोहोर मैला व्यावस्थापन सम्वन्धी कार्यसूची स्वीकृति तथा साझेदार सस्था छनौटका लागि सूचना प्रकासन गर्ने निर्णय गरिएको छ । अहिले फोहोर मैलाको क्षेत्रमा काम गरिरहेको साझेदार संस्थाको म्याद सकिन लागेको र यसका लागि फेरी प्रतिस्पर्धा मार्फत छनौट गर्न लागिएको हो ।

यसैगरी बालमैत्री स्थानीय शासन सम्वन्धी नजितामुखी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए । यो निर्णयसंगै स्थानीय सहजकर्ताकाका नाममा दुइदर्जन कर्मचारी करारमा नियुक्त गर्ने तयारी पनि थालिएको छ । हेटौंडाका १९ वटै वडामा बालमैत्री स्थानीय शासनका लागि भनेर कर्मचारीहरु भर्ना गर्न समेत लागिएको हो । करिब एक वर्षपछी मात्र बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने तयारी गरिएपनि कर्मचारी भने चाँडै भर्ना गर्नका लागि बाटो खोलीएको हो ।

यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा कार्यान्वयन भएका तीन वटा प्रारम्विक वातावरणिय परिक्षण प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ । उपमहानगरपालिकाको स्वामित्व तथा संरक्षणमा रहेको पूर्वाधार सम्पत्ति, वड कार्यालयहरु, भवन, पार्क, सडकहरुको लेखाजोखा तथा अभिलेखिकरण गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

नेपाल वन निगमको नाममा रहेको टिसिएनको ४ विगाहा १६ कठ्ठा ११ धुर जग्गा निजमा लिने निर्णय समेत कार्यपालिका बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले थाहा कलाकेन्द्रको प्रतियोगिता सञ्चालन गर्न, जलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिलाई, स्वायत्त युवा समाजको फूटबल प्रतियोगिता सञ्चालन गर्ने लगायतका निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

पालिका प्रेस
थप जानकारी