मकवानपुरको थाहा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको बजारको अनुगमन गरेको छ। पालिकाले नजिकिँदै गरेको वडादशै लगायतको पर्वहरुलाई लक्षित गरी विशेष अनुगमन गरेको हो । थाहानगरले दुईदिनसम्म बजार अनुगमन गरेको प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

पालिकास्तरीय अनुगमन समितिले खाद्यान्न, इन्धन, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । चाडपर्वको समयमा व्यापारीहरूबाट हुने कित्रिम मुल्यवृद्धि, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले पालिकाले विशेष अनुगमन गरेको श्रेष्ठले बताए । समितिले भूगोल नै तोकेर अनुगमन गरेको उपभोक्ता हित संरक्षण समिति थाहानगरका संयोजक उपप्रमुख भरत गोपालीले बताए । अनुगमन समितिले शिखरकोट, गोपालीगाउँ, घर्तिखोला, पालुङ, फाटबजार, थानाबजार, ओखरबजार र बज्रवाराहीको सरस्वती बजारका पसलहरु अनुगमन गरियको थियो ।

बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभए पनि पहिलो पटकलाई सचेत पारिने संयोजक गोपालीले स्पष्ट पारे । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने, नगरमा व्यवसाय दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा चेतावनी दिइएको उनले बताए । थाहानगरले चार्डपर्वको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दसैं र त्यपछि क्रमशः सबै नगरका बजार निरीक्षण गरिने बजार अनुगमन समितिका संयोजक अजित घिमिरेले बताए ।

अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान फेला परेका व्यावसायीहरुलाई चेतावनी दिइएको घिमिरेले बताए । अनुगमनमा उपभोक्ता हित संरक्षण समिती संयोजक भरत गोपाली, बजार अनुगमन समिति संयोजक अजित घिमिरे, बजार अनुगमन समितिका सदस्य अनिल लामिछाने, उमेश श्रेष्ठ, उपभोक्ता हित संरक्षण समितिका गणेशमान श्रेष्ठ, राष्ट्रिय उपभोक्ता महासंघका प्रतिनिधि प्रमोद कृष्ण जोशी, ईलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधि चन्दन साहतेली, संचारकर्मी शम्भु अधिकारीको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी