मधेश प्रदेशमै रौतहटको चन्द्रपुर नगरपालिकाले जग्गा वर्गिकरण गरी जग्गाको कित्ताकाट र जग्गा रजिष्ट्रेशन गर्ने कार्यको खुल्ला भएको छ । नगरपालिकाको १३ असोजमा बसेको कार्यपालिकाको बैठकले चन्द्रपुर नगरपालिकाको जग्गालाई व्यापारिक क्षेत्र, आवाशिय क्षेत्र र कृषि क्षेत्रमा वर्गिकरण गरेको हो । बैठकले कित्ताकाट र जग्गा रजिष्ट्रेशन गर्न मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरलाई पत्राचार गर्ने समेत निर्णाय गरेको छ ।

नगरपालिकाले लामो समयदेखि जग्गाको वर्गिकरण नभइ कित्ताकाट मालपोत रजिष्ट्रेशनको काम रोकिएकोमा विस्तृत रुपमा जग्गा वर्गिकरण नहुँदासम्म सडक क्षेत्रलाई र बजार क्षेत्रलाई आधारमानी तत्कालको लागि कित्ताकाट र मालपोत रजिष्ट्रेशन गर्ने गरि जग्गा वर्गिकरण गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुर रौतहटको पूर्व पश्चिम राजमार्ग र च.पुर गौर सडक क्षेत्रलाई व्यापारिक क्षेत्र, चन्द्रपुर नगरपालिकाका १० वटै वडामा रहेका विभिन्न सडकहरुको दाँया बाया १०० मिटरसम्म छुने कित्तालाई आवास क्षेत्र र व्यापारिक र आवासिय क्षेत्र वाहेकका कित्ताहरुलाई कृषि क्षेत्रको रुपमा वर्गिकरण गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । यस बाहेक अंशबण्डा गर्ने र साध सिमाना मिलान गर्ने कार्य जुनसुकै वर्गिकरणमा परेपनि गर्न सकिने गरि निर्णय भएको समेत पुरीले जानकारी दिए । पालिकाले १३ असोजबाटै कार्यावन्यन भएको नगरपालिकाले जनाएको छ ।

पालिकाको निर्णय बमोजिम मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट वडा नंम्बर ४ मा बस्ने तारा न्यौपानेको नाममा रहेको किता नं. ६४४२, ८३३१ र ३७३० को जग्गा कित्ताकाट र रजिष्ट्रेशन भइ रश्मि बर्तौलाको नाममा नामसारी हुन लागेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख रोशन श्रेष्ठले जानकारी दिए । यो वर्गिकरणाबाट जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेशनको शुरुवात गर्ने चन्द्रपुर नगरपालिका मधेश प्रदेशकै पहिलो पालिका भएको छ ।

पालिका प्रेस
थप जानकारी