मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको पूर्वाधार निर्माणको अनुगमन गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीसहितको टोलीले वडा नम्बर ३ का वत्सलादेवी माविको निर्माणाधिन छात्रावास भवन, वडा कार्यालय, सिस्नेरी स्वास्थ्य चौकी लगायतको अनुगमन गरिएको हो ।

अनुगमनमा गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर विमल मोक्तान, सूचना प्रविधि अधिकृत राजन खतिवडालगायतको सहभागिता थियो ।

फोटो: इन्द्रसरोवर गाउँपालिका

पालिका प्रेस
थप जानकारी