मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले योजना अनुगमनलाई तिब्रता दिएको छ ।

पालिका अध्यक्ष देवकृष्ण पुडासैनीको नेतृत्वमा २४ असोजमा पनि विभिन्न योजनाहरुको अनुगमन भएको छ । टोलीले वडा नंम्बर १ को सानुमार्खु स्वास्थ्य इकाई भवन, सानुमार्खु सेरा सडकका साथै अन्य योजनाहरूको अनुगमन गरिएको हो ।

अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, प्राविधिक शाखा प्रमुख ईन्जिनियर विमल मोक्तान, सूचना प्रविधि अधिकृत राजन खतिवडा, सब–इन्जिनियर सिताराम ढकालको सहभागिता रहेको थियो ।