थाहा नगरपालिकाले चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरेको छ । पालिकाले १ कात्तिकमा उपभोक्ता हित संरक्षण समितिको विशेष बजार अनुमन गरेको हो । अनुगमन समितिले खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडवाडमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो। समितिले थाहा नगरको वडा नम्बर ७ को मुख्य बजार डाँडाबास बजारका पसलहरु अनुगमन गरियको थियो। बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले नभएको अनुगमन समितिका संयोजक भरत गोपालीले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्यसूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने, नगरमा व्यवसाय दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा चेतावनी दिइएको उनले बताए।

नगरले चार्डपर्वको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दसैंमा बजार अनुगमन गरेको थियो त्यपछि क्रमशः सबै नगरका बजार निरिक्षण गरिने क्रममा १ कात्तिकमा डाँडाबास बजार अनुगमन गरिएको अनुगमन समितिका अजित घिमिरेले बताए । अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान फेला परेका व्यावसायी हरुलाइ चेतावनी सहित छाडिएको थियो।

अनुगमनमा उपभोक्ता हित संरक्षण समिती संयोजक भरत गोपाली,नगर अनुगमन समिति संयोजक अजित घिमिरे, नगर अनुगमन समितिका सदस्य अनिल लामिछाने, उमेश श्रेष्ठ, उपभोक्ता हित संरक्षण समितिका जिल्ला सदस्य गणेशमान श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मंचका थाहा नगरका प्रतिनिधि नेत्र कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधि चन्दन साहलेली, संचारकर्मी शम्भु अधिकारीको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी