मकवानपुर १ को ‘१’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

पुलामीले १९ हजार ७ सय १९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका कमलबहादुर विष्टलाई ४ हजार १ सय ८६ मतान्तरले पराजित गरेका हुन् । विष्टले १५ हजार ४ सय ३३ मत पाए ।

पुलामीकाे याे जित लगातार तेस्राे पटक हाे । उनले यसअघि २०६४ मा संविधानसभा निर्वाचन जितेका थिए । उनी २०७४ काे निर्वाचनमा प्रदेशसभा १ काे ‘क’ बाट निर्वाचित भएका थिए ।

पालिका प्रेस
थप जानकारी