हेटौंडा उपपमहानगरपालिकाले खुल्ला रुपमा आगो बाल्न निषेध गरेको छ । उपमहानगरले सोमबार एक सूचना जारी गर्दै खुल्ला रुपमा आगो बाल्न निषेध गरिएको हो ।

सूचना अनुसार उपमहानगरपालिकामा खुल्ला रुपमा प्लाष्टिकजन्य फोहोर जलाउने जस्ता कार्य भएको र सोले वायु प्रदुषण भएको छ । खुल्ला रुपमा आगो बालेका पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही हुने पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी