सरकारले स्थानीय तह राजश्व सुधारका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम चलाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मातहतको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले राजश्व सुधार कार्ययोजनासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिने भएको छ ।

प्रतिष्ठानले स्थानीय तहको राजश्व सुधार गर्ने कार्ययोजना अनुरुप तालिम दिन लागेको जनाएको छ । स्थानीय तहमा कार्यरत रहेका मेयर,उपमेयर,पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृतदेखि मन्त्रालयका कर्मचारीहरुलाई समेत यो प्रशिक्षक प्रशिक्षण तालिम दिन लागिएको हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका अनुसार,स्थानीय राजश्व सुधार कार्ययोजना अन्तरगत यो प्रशिक्षक दिन लागिएको हो । संघ प्रदेश र स्थानीय तहका गरी झण्डै ५० जना प्रशिक्षकलाई प्रशिक्षण दिने कार्ययोजना रहेको प्रतिष्ठानले जनाएको छ ।

स्नातक तह उत्र्तीण, सिक्ने र सिकाउने रुची भएका, कम्युटर (माइक्रोसफ्ट)सम्बन्धी जानकारी भएका, स्थानीय शासन क्षेत्रमा कम्तिमा ५ बर्ष कार्यअनुभव भएका इच्छुक उमेद्धारले आगामी पुस २ गते अनलाइनबाट आवेदन पेश गर्नुपर्न सूचनामा जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी