मकवानपुरको थाहानगरमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा उमेश ढकाल निर्वाचित भएका छन् । संस्थाको २३ औं साधारणसभाबाट ढकाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । पुर्व लेखा समिती संयोजक समेत रहेका ढकाल थाहा नगरपालिका वडा नम्बर २ निवासी चार्टर एकाउन्टेन्ट हुन् । संस्थाको उपाध्यक्षमा अरुण रायमाझी निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका वर्तमान अध्यक्ष समेत रहेका पुरुषोत्तम कार्की र केदार कार्कीले उमेद्वारी फिर्ता लिएपछि ढकाल निर्विरोध भएका हुन् । उपाध्यक्षमा दुई जनाको उम्मेद्बारी परेकोमा राजाराम केसीले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । सहकारीको सचिवमा नवराज बिष्ट र शशीधर सुवेदीको उम्मेद्बारी परेको छ भने कोषाध्यक्षमा मधुसूदन रायमाझी, गुप्त बहादुर कार्की र सुमित्रा केसीको उम्मेद्वारी परेकोमा सुमित्रा केसीले उम्मेद्बारी फिर्ता लिएकी छन ।

पाँच जना सदस्यको लागि १६ जनाको उम्मेद्वारी परेको छ भने लेखा समितिमा ५ जनाको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यालयले नाम फिर्ता लिने समय ३ पौष बिहान ११ः३० सम्मको समय सिमा तोकेको छ ।

पालिका प्रेस
थप जानकारी