नगर विकास कोष र व्यास नगरपालिका बीच बैरेनी जग्गा एकीकरण आयोजनाको लागि सम्झौता भएको छ । पालिकामा एकीकृत जग्गा विकास आयोजना मार्फत व्यवस्थित शहरीकरणमा सहयोग गर्नको लागि सो सम्झौता भएको हो ।

नगरपालिका कार्यालयमा बुधबार भएको सम्झौता अनुसार  नगरपालिकाको वार्ड नं १०  मा मादी नदीले कटान गरी बनको डील, उत्तरमा बोटेनी खोल्सी र दक्षिणमा व्यासमार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रालय जाने बाटोमा सो आयोजना सञ्चालन हुनेछ ।

सम्झौता अनुसार १३ करोड ७२ हजार अनुमानित बजेटमध्ये ७० प्रतिशत रकम कोषको तर्फबाट ऋण स्वरुप र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोर्ने छ । त्यसमध्ये कोष र पालिकाबिच ९ करोड ऋण सम्झौता भएको हो ।
Trulli

सो आयोजना  कुल २६० दशमलव ८४ रोपनी क्षेत्रफलमध्ये  ३२ दशमलव ६३ प्रतिशत जग्गा पूर्वाधार विकासका लागि जग्गा धनीहरुको योगदान रहनेछ  । त्यसमध्ये करिब ४ दशमलव ६२ प्रतिशत जग्गा जग्गा विकास आयोजनाले बिक्रिको लागि छुट्याईएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र  व्यास नगरपालिकाका नगर प्रमुख  बैकुण्ठ न्यौपानले ऋण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

आयोजनाले नगरपालिकामा  व्यवस्थित र सुन्दर वस्ती विकास गर्नमा महत्वपूर्ण योगदान रहेन विश्वास नगरप्रमुख न्यौपानेले लिएका छन् ।

पालिका प्रेस
थप जानकारी