Exif_JPEG_420

मकवानपुरको थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभाबाट अध्यक्षमा उमेश ढकालसहित नौ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । सहकारीका सबै पदाअधिकारी तथा सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्ष ढकाल चार्टर एकाउन्टेन्ट (सि.ए.) हुन् ।

तीन दिनको रस्साकस्सी र बृहत छलफलबाट चुनाव नै नगरी सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरिएको हो। नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अरुण रायमाझी, सचिव नवराज बिष्ट, कोषाध्यक्ष गुप्त बहादुर कार्की रहेका छन । सदस्यहरुमा उत्तम लामिछाने, राजन ढकाल, सत्यदेवी स्याङ्तान, जानुका ढकाल र रिता कार्की र लेखा समिती संयोजकमा कालीचरण बस्नेत, सदस्यहरु रुपचन्द्र गोपाली तथा राजकुमार कार्की चयन भएको मुख्य निर्वाचन अधिकृत विरेन्द्र ढुंगानाले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई ४ पुसमै मुख्य निर्वाचन अधिकृत बिरेन्द्र ढुंगाना तथा निर्वाचन अधिकृतहरु दिपक सिंह बिष्ट तथा सुशील कुमार पोखरेलले पद तथा गोपनियताको सपथ गराएका छन । सपथ ग्रहण कार्यक्रम निवर्तमान अध्यक्ष पुरुर्षोत्तम कार्कीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहानगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

सपथ ग्रहण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको पनि आतिथ्यता रहेको थियो। कार्यक्रममा अतिथी तथा पुर्व अध्यक्षहरुले नयाँ कार्यसमितिले पालुङ बहुउद्देश्यीय सहकारीको स्वर्णिम युग बनी सहकारी विनिमय र ऐन अनुसार प्रभावकारी कार्य गरि थाहानगरको सहकारीहरुको नेतृत्व गर्दै अभिभावकीय भुमिकामा अगाडि बढ्न सुझाव दिदै नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली, पुर्व अध्यक्ष विमलकुमार ढकाल, निवर्तमान अध्यक्ष पुरुर्र्षोत्तम कार्की, नगर उपप्रमुख भरत गोपाली, नगर प्रमुख बिष्टले शुभकामना दिए ।

सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष उमेश ढकालले संस्थाको गरिमालाई उच्च राख्दै व्यावसायिक पारदर्शितालाई अवलम्बन गर्दै सबै सहकारीसंग हातेमालो गर्दै सहकारी आन्दोलनलाई अगाडी बढाउने प्रतिक्रिया दिए । अध्यक्ष ढकालले आफुले सबैभन्दा पहिला सहकारी सदस्यहरुको सामाजिक सुरक्षा कोषलाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी