मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा कार्यालय रहने गरी थाहा कृषि सहकारी संस्था लिमिटेडको कार्यालय औपचारिक उद्घाटन गरिएको छ । एक समारोहकाबीच ५ पुसमा थाहा कृषि सहकारीको १ नम्बर अध्यक्ष हेरमान गोपालीले उद्घाटन गरे ।

सहकारीका तदर्थ समितिको अध्यक्ष जितेन्द्र मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर २ का सदस्य युवराज बिष्ट, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादवजंग रायमाझी, नेपाली काँग्रेस थाहानगर ४ नम्बर वडा सभापति श्रीकृष्ण केसी, युवा संघ थाहानगरका सिदार्थ केसी, प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी, सिद्धकाली सामुदायिक बन उपभोक्ता समिती थाहा ४ का अध्यक्ष अच्युत खत्रीलगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रममा अतिथीहरुले संस्थाको सफलताको शुभकामना दिए । थाहानगर भरी कार्य क्षेत्र रहने गरी नगरपालिकामा दर्ता भएको थाहा कृषि सहकारीले कृषि, कृषकसंग बचत तथा ऋणको कारोबार, सीप विकास र रेमिट समेतको कार्य गर्ने तदर्श समिति अध्यक्ष मगरले जानकारी दिए । ३१ सदस्यसहित स्थापना भएको सहकारीको कुल शेयर पुँजी ९ लाख ३० हजार रहेको छ । संस्थाले तत्काल कारोबार संचालन गर्ने सहकारीका केशव सुनारले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी