मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सहकारी संस्थाले आफ्नै कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्र हेटौंडाको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय सघं/सस्था तथा सहकारीका सदस्यहरुले रक्तदान गरेका थिए । हरेक वर्ष स्थापना दिनमा सस्थाले रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ । सहकारीले स्थापना दिवसकै अवसरमा सुत्केरी सम्मान तथा वृद्धवृद्धालाई पनि सम्मान गरेको छ । सुत्केरी सम्मानमा दिपिका केसी, रोजिना बिष्ट, सविना रिमाल भण्डारी, पुजा रिमालले न्यानो झोला पाएका छन । संस्थाले हरेक वर्षको अघिल्लो वर्षको पुस ८ देखि हालको वर्षको पुस ८ गतेसम्म सुत्केरी भै पहिलो सन्तान जन्माएका आफ्ना सदस्यलाई सम्मान गर्दै आइरहेको छ।

 त्यसैगरी वृद्ध सम्मानमा मेन कुमारी ढकाल, रीताकुमारी मल्ल, भगवती अधिकारी, पेम्बा लामा, ज्ञान बहादुर गोपाली, राम बहादुर कार्की, मैया अधिकारी, गिरम लामा, फुलमाया गोपाली, शिवकुमार अर्याल, प्रेमकृष्ण श्रेष्ठ, ठुलीकान्छी बिडारी, लक्ष्मी कुमारी गमाल, कृष्ण सिं ठकुरी, कमला कार्की, सीताराम कार्की र गोपीमाया खत्रीलाई सम्मान गरेको छ । सो क्रममा संस्थाका पुर्व कर्मचारी सुरक्षा गार्ड केदार बिष्टलाई पनि प्रमुख अतिथि मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलाले सम्मान गरेका थिए ।

सम्मानित हुनेलाई संस्थाले स्थापना दिवसको अवसर पारेर पुर्व संचालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गरियको थियो भने नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई संस्थाका कर्मचारीहरुको तर्फबाट स्वागत गरियको थियो । स्थापना दिवसकै अवसर पारेर संस्थाले पाण्डुकेश्वर क्षेत्र विकास समिती थाहा २ लाई एक थान कम्प्युटर सहयोग गरेको छ ।

पालिका प्रेस
थप जानकारी