थाहानगरमा सञ्चालित चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १८ साधारण सभाबाट शकुन्तला गोपाली अध्यक्षमा निर्वाचित भएकी छिन् । गोपालीसहित नौ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा मेरिना खत्री, सचिव प्रतिमा श्रेष्ठ, सहसचिव मिरा खड्का, कोषाध्यक्ष कमला विष्ट तथा सदस्यहरु गीता विष्ट, सानुमैया भण्डारी, शान्ती पाख्रीन र मिना नेगी निर्वाचित भएका छन् लेखा समिती संयोजकमा रुना खत्री तथा सदस्य कोपिला गोपाली र राजी बस्नेत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विमल कुमार बिष्टले जानकारी दिए ।

थाहानगर शिखरकोटको विकास घरमा भएको साधारणसभा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा प्रमुख अतिथी रायमाझीले सानो महिला समुहबाट शुरु भएको सहकारीले प्रगती गर्न सफल भएकोमा बधाई दिए । महिला सहकारी संस्थाले समाजमा खेलेको भुमिका उल्लेख्य रहेको बताउँदै आगामि दिनमा पनि वडाको तर्फबाट साथ र सहयोग रहिरहने प्रतिवद्धता जनाए । उनले स्थानीय सरकार र सहकारीले हातेमालो गर्दै समाजको विकास र उत्थानका लागि संगसंगै अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रमका विशिष्ट अतिथी थाहा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख प्रतिमा मोक्तानले नगरपालिकाले महिला सहकारीलाई दिदै आइरहेको चालू कोषमा वृद्धि गर्दै सीपमुलक तालिम र महिला सहकारी लाई प्राविधिक युक्त बनाउन ५० प्रतिशतमा ल्यापटप अनुदानमा दिने कार्यक्रम रहेको बताउदै अन्य कार्यक्रममा सहकार्य गरेर अगाडि बढ्ने बताइन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश ढकालले नगरमा महिला सहकारीको रुपमा उत्कृष्ट कार्य गरेको बताउदै छोटो समयमा ठुलो परिवर्तन गर्न सफल चेनशील सहकारीले यो क्षेत्रको साख राख्न सफल भएको उल्लेख गरे ।

 साधारणसभामा संचालक समितिको तर्फबाट कार्यवाहक अध्यक्ष मेरीना खत्रीले संस्थाको नीति तथा कार्यक्रम तथा कोषाध्यक्ष राधिका रायमाझीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले पास गरेको छ । संस्थामा शेयर पुजि ३३ लाख, जगेडा कोषमा २० लाख रुपैयाँ तथा निक्षेप १ करोड ३४ लाख रहेको छ । सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड १८ लाख रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभाको अवसरमा जेष्ठ महिला शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा मिनु विष्ट , सान्नानी सुनार, मखमली रायमाझी, राममाया रायमाझी, गोमा रायमाझी, कालीमैया बर्तौला, हेमकुमारी विष्ट, बुद्धमाया गोपाली, माया रायमाझी, कृष्ण कुमारी केसी, राधिका कार्की, कृष्ण केसी रहे भने कारोबार संचालनमा उत्कृष्ट समूह थाहा ३ को शुभकामना महिला विकास समिति, प्रगती महिला विकास समिति, थाहा ३ र बालकुमारी महिला विकास समिति थाहा ४ नारायण झ्याउ भए त्यसैगरी उत्कृष्ट बचतकर्ता चमेली कार्की र भैरव प्रधान हुँदा कर्जा संचालनमा उत्कृष्ट चन्द्राावती रायमाझी भए ।

संस्थाका उपाध्यक्ष मेरिना खत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी, संस्थाका पुर्व अध्यक्ष कविता विष्ट, लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष रिता प्रधान, दिव्यतारा बहुउद्देश्यीय सहकारी पालुङ सेवा केन्द्रकी व्यवस्थापक राममाया खत्री, कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजन मिश्र, फरक सोचका अध्यक्ष यादव रायमाझी, दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझीले शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी