मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यमा १३ फागुनमा सहकारीको सभा भएको हो ।

विकास घर शिखरकोटमा भएको साधारणसभामा अध्यक्ष रीता प्रधानले प्रस्तुत गरेको संस्थाको भावी नीति तथा कार्यक्रम पारित भएको छ । अध्यक्ष प्रधानले ग्रामीण समुदायको सानो क्षेत्रबाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६ सय ८९ जना महिला शेयर सदस्यहरु रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेकी थिइन् । प्रधानले संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आइरहेकोले देशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान गराइ पुरस्कृत समेत हुन सफल रहेको स्मरण गरिन् । अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी मनोसामाजिक मनोविमर्श सेवा अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग, व्यक्तिगत मनोविमर्श, पारिवारिक मनोविमर्श, सामुदायिक मनोविमर्श, अभिमुखिकरण, तरकारी खेती, बाख्रा पालनलगायतका सामाजिक र आर्थिक प्रवद्र्धन हुने कार्य तथा घरेलु हिंसा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्य गरेको बताइन् । प्रधानले आगामी दिनमा संस्थाले स्वागत र सहकारी शिक्षाका लागि अभिमुखीकरण कार्यक्रम, सुत्केरी भेटघाट, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम, किशोरी केन्द्रित कार्यक्रम, सदस्य सर्वेक्षण, शेयर सदस्य वृद्धि, कम्प्युटर प्रणालीमा कार्यालय संचालन, मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने, घरेलु हिंसाको अन्त्य, लक्षितवर्गको महिलालाई कृषि तालिम तथा अवलोकन भ्रमण जस्ता कार्यक्रम आगामि योजनामा रहेको सभामा सुनाइन्

संस्थाकी कोषाध्यक्ष नानीछोरी प्रधान तथा सचिव रितु कार्कीले प्रस्तुत गरेको प्रतिवेदन पनि सभाले सर्वसम्मत पास गरेको छ । कोषाध्यक्ष प्रधानले संस्थाको शेयरपुँजी २३ लाख ४६ हजार तथा बचत ८० लाख ५९ हजार रुपैयाँ र ऋण लगानी १ करोड ११ लाख रहेको आर्थिक प्रतिवेदन मार्फत जानकारी गराइन् । सचिब कार्कीले १९ औं साधारणसभाको समिक्षा प्रतिवेदनमा उल्लेख गरेकी थिइन् । उनले संस्थाको प्रगतीलाई समेत आफ्नो प्रतिवेदनमा समेटेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगरका १ नम्बर वडा अध्यक्ष हेरमान गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेकाले सबै सहकारीलाई एकै स्थानमा राखेर दाँज्न नहुने बताए । उनले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नुपर्ने सुझाए । गोपालीले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही लालिगुराँस महिला बहुउद्देश्यीय जस्तै अरु सहकारीहरुले पनि विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नुपर्ने उल्लेख गरे ।

संस्थाकी अध्यक्ष रीता प्रधानको अध्यक्षतामा भएको थियो । साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, लायन्स क्लव थाहाका गीता कार्की, सहकारीकर्मी सुमित्रा बिडारी, पालुङ जेसिज वर्ष २०२३ का अध्यक्ष संगम कार्की, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले साधारणसभाको उपलक्ष्यमा शुभकामना दिएका थिए । साधारणसभामा पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, चेतनशील महिला सहकारीको अध्यक्ष सकुन्तला गोपाली,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, सहयोगी बचतका प्रवीण प्रधान, झम्केश्वरी माविका अध्यक्ष प्रदिप प्रधान, ल्याम्ह पुचः का जर्म श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो। सभामाको अवसरमा साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मानित गरिएको थियो।

पालिका प्रेस
थप जानकारी