विपन्न वर्गका महिलाहरुले सिलाइ कटाइसम्बन्धी सीप सिकेर उद्यमी बन्ने अठाेट गरेपछि थाहा-३ मा साेही तालिम शुरु गरिएकाे छ । सात दिन लामाे उद्यम विकास तालिमकाे अन्त्यमा १८ जना महिलाहरुले सिलाइसम्बन्धि सीप सिकेर व्यवसायी बन्ने प्रतिवद्धता जनाएपछि थाहा नगरपालिकाले साेही अनुसार तालिमकाे व्यवस्था गरेकाे हाे ।

बिहीबार थाहा नगरपालिका वडा नम्बर-३, डाँडागाउँमा ३ महिने सिलाइ-कटाइ तालिम शुरु गरिएकाे छ । तालिमकाे उद्घाटनमा बाेल्दै सहभागी रञ्जु विष्टले सिलाइबाटै व्यवसायिक बनेर आयस्तर बढाउने अठाेटका साथ तालिम लिन लागेकाे बताइन् ।

यसअघि धेरै महिलाहरुले सिलाइ-कटाइकाे तालिम लिए पनि व्यवसायी बन्ने महिलाहरु अौलामा गन्न सकिने अवस्था रहेकाेमा थाहा नगरपालिका चिन्तित भइरहेकाे बेला विपन्न वर्गका महिलाहरु आफै प्रतिवद्धतासहित सिलाइ सीप सिक्न आउनु महत्वपूर्ण रहेकाे थाहा नगरपालिकाका अधिकृत कुमार नेगीले बताए । व्यवसाय र व्यवसायिक याेजनाबारे प्रारम्भिक तालिम दिने, त्यसपछि उनीहरुले राेजेकाे सीप तालिम दिने, त्यसपछि व्यवसायी बनाउने र त्यसपछि व्यवसाय स्तरीकरण र प्रविधिमा  सहयाेग गर्ने परिणाममुखी माेडलसहितकाे कार्यक्रम रहेकाेले यसबाट प्रतिवद्ध महिलाहरुकाे आर्थिक रुपान्तरणमा सहयाेग पुग्ने नेगीले विश्वास व्यक्त गरे ।

थाहा नगरपालिकाकाे लघु उद्यम विकास कार्यक्रमले तालिम आयाेजना गरेकाे हाे । तालिम उद्घाटनमा थाहा नगरपालिकाका लघुउद्यम सहजकर्ता सुनिता बुढाले भनिन्- हाम्राे कार्यक्रमकाे याे दाेस्राे चरण हाे, तेस्राे चरणमा महिलाहरु व्यवसाय थालेपछि हामी थप सहयाेग गर्छाैँ । हामी अब ३ वर्षसम्म उहाँहरुलाई सहयाेग गर्छाैँ र स्वराेजगार बनाउछाैँ ।

साे अवसरमा थाहा-३ का वडा सदस्य कविता विष्टले तालिममा सहभागी महिलाहरुलाई ३ महिना नरन्तर सिलाइ कक्षा लिन आग्रह गरिन् ।

पालिका प्रेस
थप जानकारी