महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ ।

उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ । सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् । कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सन्चालकको नाम पनि सूचीमा छ ।
नेपाल रिक्रियसन सेन्टरको मात्रै ९० करोड रुपैयाँभन्दा बढी बक्यौता छ । यस्तै दि फुलबारी लिमिटेड पोखराको ४१ करोडभन्दा बढी र होटल याक एण्ड एतीको २० करोडभन्दा बढी बक्यौता छ । लामा कन्स्ट्रक्सन, खुम्बु कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीका सन्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेहरुको सूचीमा छ ।

हेर्नुहोस् नामावली –

पालिका प्रेस
थप जानकारी