पालिका प्रेस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि कार्यसम्पादनमा आधारित पालिकालाई पठाउने बजेट सिफारिस गरेको छ । वित्तिय समानीकरण अनुदान अन्तर्गत तीन किसिमको मापदण्ड मध्ये एउटा मापदण्ड कार्यसम्पादन पनि हो । यसका साथै आयोगले सुत्रमा आधारित र न्युनतम बजेट संलग्न गरी कुल वित्तिय समानीकरण अनुदान पालिकामा पठाउन सिफारिस गर्ने गर्दछ ।

आगामि आर्थिक वर्षमा मकवानपुरका स्थानीय तहहरु मध्ये सबैभन्दा बढि कार्यसम्पादनमा आधारित अनुदान हेटौंडा उपमहानगरपालिकाले पाउने भएको छ । हेटौंडाले ४८ लाख अनुदान पाउने भएको हो । त्यस्तै दोस्रो बकैया गाउँपालिकाले ४६ लाख, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाले ४५÷४५ लाख कार्यसम्पादनमा आधारित अनुदान पाउने भएका हुन् ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले ४४ लाख, मनहरीले ४३ लाख, बागमतीले ४२ लाख, कैलाशले ३९ लाख, भिमफेदीले ३८ लाख र सबैभन्दा कम राक्सिराङ गाउँपालिकाले ३६ लाख रुपियाँ कार्यसम्पादनमा आधारित अनुदान पाउने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी