मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा रैथाने बाली जोगाउने र यसको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । वडा नम्बर ९ को कार्यालय चित्लाङमा नेपाल कृषि अनुसन्धान परिषदका विज्ञहरुसंग ९ चैत्रमा छलफल भएको हो ।

मदनभण्डारी विश्वविद्यालय चित्लाङको व्यवस्थापन तथा ९ नम्बर वडा कार्यालयको समन्वयमा भएको छलफल कार्यक्रममा वडा अध्यक्ष राजकुमार बलामीको उपस्थितीमा भएको हो । छलफलमा रैथाने बाली पहिचान, समसमयिक कृषि गतिविधि र रोग किराको विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा स्वच्छन्द साना किसान सहकारी संस्थाका प्रतिनीधिहरु तथा स्थानीय किसानहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कृषि विज्ञहरुको उपस्थिती थियो । सो अवसरमा नार्कको राष्ट्रिय जीन बैंकका डा. बाल कृष्ण जोशी, कृष्ण हरि घिमिरे, सुमन बस्नेतलगायतले रैथाने बाली, कृषि तथा रोगकिराको विषयमा सहजीकरण गरेका थिए । ‘सँधैको लागि, सबैको लागि, रैथाने बाली’ भन्ने मर्ममा आधारित भएर यसको संरक्षण प्रवद्र्धन गर्नुपर्ने विज्ञहरुले औल्याएका थिए ।

कार्यक्रममा मदनभण्डारी विश्वविद्यालय चित्लाङका भुषण श्रेष्ठ, थाहा नगरपालिका वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदी, वडाका जनप्रतिनीधि, स्थानीय अगुवाहरु तथा किसानहरुको समेत सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी