मकवानपुरमा एक वर्षभित्र ९ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रमको सेवा विस्तार भएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा अघिल्लो आर्थिक वर्षभन्दा ९ वटा विद्यालयमा नर्स सुविधा थप गरिएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्लाका १० वटै स्थानीय तहका ५२ वटा विद्यालयहरुमा लागू गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ मा ६१ वटा विद्यालयहरुमा बिद्यालय नर्स कार्यक्रम लागू भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाको बकैया गाउँपालिकामा अघिल्लो वर्ष २ वटा विद्यालयमा नर्स सेवा रहेकोमा ३ वटा थप गरी ५ विद्यालयमा सेवा विस्तार गरिएको छ । बामगतीमा ५ वटा माध्यमिक विद्यालयहरु रहेकोमा अघिल्लो वर्ष ४ वटा विद्यालयमा नर्स सेवा रहेकोमा गत वर्षबाट सबै माध्यमिक विद्यालयमा सेवा विस्तार भएको छ । मनहरीमा अघिल्लो वर्ष पालिकाका सबै (५ वटा) माध्यमिक विद्यालयमा विद्यालय नर्स उपलब्ध गराएकोमा गत आर्थिक वर्ष आधारभूत विद्यालय २ वटामा नर्स दरबन्दी थप गरिएको छ । इन्द्रसरोवरका ६ वटा माध्यमिक वद्यालयमध्ये ३ वटामा विद्यालय नर्स सेवा उपलब्ध रहेकोमा गत आर्थिक वर्ष एउटा विद्यालयमा सेवा थप गरिएको छ ।
यस्तै, कैलाशमा एउटा मात्र मावि रहेकोमा २ आधारभूत विद्यालयहरुमा समेत सेवा थप गरी ३ वटा विद्यालयहरुमा सेवा विस्तार गरिएको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा गत आर्थिक वर्ष विद्यालय नर्स सेवा विस्तार गरिएको छैन । अघिल्लो आर्थिक वर्षसम्म हेटौँडा उपमहानगरपालिकाका १७ माध्यमिक बिद्यालय र थाहा नगर पालिकाका १९ माध्यमिक विद्यालयमध्ये ५ वटामा नर्स सेवा सुचारु रहके ोछ ।
यस्तै, मकवानपुर ढीका ८ वटा माध्यमिक विद्यालयमध्ये ५ वटामा विद्यालय नर्स कार्यक्रम लागू रहेको छ । भीमफेदीमा ६ वटा विद्यालयमध्ये ५ वटामा विद्यालय नर्स सेवा सुचारु रहेको छ । जिल्लाको राक्सिराङ गाउँपालिकामा अघिल्लो वर्ष १० वटा माध्यमिक विद्यालयमध्ये ४ वटामा विद्यालय नर्स रहके ोमा गत आर्थिक वर्ष एउटा घटाएर ३ वटा विद्यालयमा मात्र सेवा दिइएको छ ।
















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्