महालेखा परीक्षकको कार्यालयबाट असुल उपर गर्नुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्रचार गर्न, सूचना पठाउन भनिएको छ ।
यस्तै, असुल उपर गरी महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन, महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा, पेस्की बेरुजुको रूपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण कागजात विल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फर्छ्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन निर्देशनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०५९(६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानी नोक्सानी र मस्यौट भएको बाहेकको बेरुजु लगत कट्टाको लागि आवश्यक प्रक्रिया पुरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनको लागि कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा पठाउन पनि भनिएको छ ।
कार्यालयको नाममा कायम बेरुजु तत्काल फर्छ्यौट गर्ने गराउने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने त्यसको प्रगति प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनेका सचिव पुष्करले बेरुजु फछ्यौटको प्रतिशतलाई कार्यसम्पादनको मूल्याङ्कनको महत्त्वपूर्ण आधारको रुपमासमेत लिइने भन्दै आर्थिक वर्ष २०७९/८० को बेरुजु फर्छ्यौट कार्य योजना र मार्गदर्शन प्राप्त भएको स्मरण गराएका छन् ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्