प्रतिष्पर्धामा लगातार उकालाे लाग्दै गरेका थाहा नगरपालिका-२ फाँटबजारका सफल विष्ट अर्थात् र्‍याप स्टारका बि-सफ  अहिले प्रतिष्पर्धाकाे चुलीमा पुग्ने मेसाेमा छन् ।

ओएसआर रियालिटी युट्युब च्यानलले सञ्चालन गरिरहेकाे र्‍याप स्टार रियालिटी शोमा अहिलेसम्मकाे यात्रामा अपराजित बि-सफ अहिले टप-६ मा छन् । पछिल्लो शाेमा नथिङ टु समथिङ भन्दै प्रस्तुती शुरु गरेका बि-सफलाई निर्णायकले टप ६ मा सुरक्षित रहेकाे घाेषणा गरे ।  टप-६ मा पुगेपछि थाहा टाइम्ससँग कुरा गर्दै उनले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेकोमा आफ्नो मेहनत र शुभचिन्तकहरुकाे सहयाेगकाे हात रहेकाे बताए ।

‘म थाहा र मकवानपुरलाई चिनाउँछु, मलाई भाेटकाे खाँचाे छ’ बि-सफकाे आग्रह छ – ‘मलाई भाेट गर्नुहाेस् ।’

कसरी दिने भोट ?

बि-सफलाई भोट गर्नका लागि मोवाइल फोनमा प्ले स्टाेरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि र्‍याप स्टार रियालिटी शोमा सफलको फोटो देखिन्छ । उक्त फोटोमा क्लिक गरेपछि भोट गर्ने प्रक्रिया अघि बढ्छ ।

पालिका प्रेस
थप जानकारी