मकवानपुरका दश स्थानीय तहका लागि ४ अर्ब २९ करोड ५८ लाख रुपियाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकारले १५ जेठमा संसदमा पेश गरेको बजेटमा पालिकाले पाउने अन्तर सरकारी वित्तिय हस्तान्तरणको बजेट उल्लेख गरिएको छ ।

मकवानपुरका स्थानीय तहहरु मध्ये थाहा नगरपालिकाले ४५ करोड ४ लाख रुपियाँ संघीय सरकारको अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत बजेट बजेट पाउने भएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ लाख कर्मी हो । गत आर्थिक वर्षमा ४५ करोड ८८ लाख रुपियाँ विनियोजन भएको थियो । थाहा नगरपालिकाको लागि संघीय सरकारले समानिकरण अनुदान १२ करोड ४० लाख, सशर्त अनुदान ३१ करोड १४ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान ५० लाख रुपियाँ दिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढि १ अर्ब १४ करोड ५० लाख संघीय सरकारको अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत बजेट पाएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले सबैभन्दा कम २३ करोड ३६ लाख पाएको छ । जिल्लाको कैलाश गाउँपालिकाले २८ करोड ३२ लाख, बकैयाले ४६ करोड, बागमतीले ३५ करोड १४ लाख, भिमफेदीले ३४ करोड ४६ लाख, मकवानपुरगढीले ३६ करोड ३८ लाख, मनहरीले ३४ करोड २३ लाख र राक्सिराङले ३२ करोड १५ लाख रुपियाँ अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत संघीय बजेट पाएको छ ।

यस बाहेक स्थानीय तहहरुले संघीय राजश्व बाँडफाँड, प्रदेशको सवारी कर र प्रदेश सरकार अन्तरसरकारी वित्तिय हस्तान्तरण मार्फत बजेट प्राप्त गर्नेछन् भने स्थानीय तहको आफ्नै आन्तरिक स्रोत समेत बजेटमा समावेश हुनेछ ।

हेर्नुहोस् देशभरका प्रदेश र पालिकाको बजेटः

पालिका प्रेस
थप जानकारी