हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार तीन सय ३५ रुपैयाँ राजश्व संकलन गरेको उपमहानगरको राजश्व शाखाले जनाएको छ । गत आथिर्क वर्ष २०७८/८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन गरेको उपमहानगर पालिकाको चालु आर्थिक २०७९÷८० मा भने २९ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

उपमहानगरले चालु आर्थिक वर्षको १० महिनामा सम्पत्ति करबापत १ करोड १२ लाख ४४ हजार ९२५ रुपैयाँ, भूमिकर–मालपोतबापत ३ लाख ४८ हजार ८१० रुपैयाँ, घर वहाल कर ३ करोड ४९ लाख २७ हजार २८० रुपैयाँ, बहाल करबापत १ करोड ८५ लाख ४२ हजार ५४९ रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत १ करोड ५२ लाख १ हजार ८०० रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबापट ३३ लाख ८९ हजार ३०३ रुपैयाँ, अन्य मनोर ञ्जन कर १ लाख २५ रुपैयाँ, व्यवसायले भुक्तानी गर्ने १ करोड ४४ लाख २२ हजार ५४० रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ३ लाख ४७ हजार ७ सय रुपैयाँ संकलन गरेको छ ।

बाँडफाँट भई प्राप्त वन रोयल्टी करबापत ४ लाख ३६ हजार ५६० रुपैयाँ, बाँडफाँट भई प्राप्त खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत १७ हजार ५ सय रुपैयाँ, बाँडफाँट भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने रोयल्टीबाट १८ लाख ८२ हजार ६३३ रुपैयाँ प्राप्त भएको छ । अन्य बिक्रीबाट प्राप्त र कमबापत ३ लाख ५५ हजार रुपैयाँ, विद्युतसेवा शुल्कबापत १६ लाख ३ हजार ८५१ रुपैयाँ, अन्य सेवा शुल्कबापत ५९ लाख ७९ हजार ३५४ रुपैयाँ र ढुंगागिट्टी, बालुवा संकलन शुल्कबापत २ करोड ६३ लाख १९ हजार ५८३ रुपैयाँ राजश्व संकलन भएको छ । उपमहानगर पालिकाले ढुंगागिट्टी, बालुवा बिक्रीबापत ११ लाख ६५ हजार रुपैयाँ, सार्वजनिक शौचालयबापत २१ लाख ६५ हजार ११० रुपैयाँ, भूमिगत ढल सेवा शुल्कबापत ५९ हजार रुपैयाँ, कवाडी संकलन तथा बिक्री ४९ लाख १८ हजार ३०९ रुपैयाँ, न्यायिक दस्तुबापत १ हजार २९८ रुपैयाँ र शिक्षा क्षेत्रको आम्दानीबापत ४ लाख ९२ हजार १५० रुपैयाँ राजश्व संकलन भएको छ ।

नक्सापास दस्तुर कर बापत ९५ लाख ९६ हजार २२१ रुपैयाँ, सिफारिस दस्तुबापत २ करोड ३५ लाख ४१ हजार ५२१ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर बापत १० लाख ६६ हजार ४ सय रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत करबापत २ सय रुपैयाँ प्रशासनिक दण्ड, जरिवाना र जफत ८६ लाख ४६ हजार ९४२ रुपैयाँ र अन्य राजश्व करबापत २८ हजार रुपैयाँ राजश्व संकलन गरिएको राजश्व शाखाप्रमुख श्याम श्रेष्ठले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी