मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले स्थानीय सहकारी संस्थाको कार्यालय व्यवस्थापन खर्चका लागि दिएको अनुदान नियम सम्वत नभएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा नाफा मुलक संस्थालाई अनुदान प्रदान गर्नु नियम सम्वत मान्न नसकिएको बताएको हो ।

इन्द्रसरोवर गाउँपालिकाले जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक वर्ष २०७८÷०७९ मा ३ लाख अनुदान उपलब्ध गराएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा वितरणमुखी खर्च नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास र दीर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । यसरी अनुदान उपलब्ध गराउनै पर्दा सार्वजनिक रुपमा निःशुल्क वा न्यून शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित गर्नुपर्ने महालेखाको सुझाव रहेको छ ।

पालिका प्रेस
थप जानकारी