मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा उपभोक्ता समिति मार्फत संचालन गरिएको योजनाको खर्च सार्वजनिकीकरण नगरेको पाइएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यस्तो पाइएको हो ।

पालिकाको वार्षिक कार्यक्रममा ४ लाख बजेट व्यवस्थापन गरेपनि सार्वजनिक सुनुवाइ नगरेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक सुनुवाइ नगरिएकोले निर्माण कार्यको वास्तविक अवस्थाका सम्बन्धमा यकिन हुन सक्ने अवस्था नदेखिएको प्रतिवेदनमा लेखिएको छ । प्रतिफल उन्मुख ठूला बजेटका योजना छनोट गरी प्रतिस्पर्धी विधिबाट निर्माण कार्य गराउने तर्फ पालिकाको ध्यानाकर्षण हुनुपर्ने महालेखाको सुझाव छ ।

महालेखाले प्रतिवेदनमा भनेको छ–‘हेभि इक्युपमेन्ट प्रयोग हुने तथा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने कार्य समेत उपभोक्ता समिति मार्फत गराउँदा निर्माण गुणस्तरमा हुने असरका सम्बन्धमा सजगता अपनाएको देखिएन ।’

पालिका प्रेस
थप जानकारी