मकवानपुर थाहा नगरपालिकाको डाँडाबासमा पाँच दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । थाहा नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाको सहयोगमा कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम भएको हो । तालिमका लागि नेपाल–इजकोले प्राविधिक सहयोग गरेको थियो ।

अप्ठ्यारो परिस्थितीमा रहेका महिलाहरुलाई लक्षित गरी स्थानीय स्तरमा नै लघुउद्यमको माध्यमबाट स्वरोजगार सिर्जना गरी आर्थिक–सामाजिक सशक्तिकरण गर्दै आत्म निर्भर बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो । साबुन तथा सरफ निर्माण लघुउद्यम दर्ता र उत्पादनको प्रक्रियालाई समेत अघि बढाइने बताइएको छ । स्थानीय उत्पदनमा आधारित लघुउद्यम व्यवसायको खोज तथा सञ्चालन गर्दै अप्ठ्यारो परिस्थितीमा रहेका बढी भन्दा बढी महिलाहरुलाई समेट्दै जाने र त्यसको लागि छुट्टै कोषको स्थापाना पनि सहकारीले गरेको छ ।

पालिका प्रेस
थप जानकारी