मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरेको छ

२ असारमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनीयाले १३औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत सार्वजनिक गरेका हुन् । जसमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख लाख ६२ हजार ०७० रुपैया रहेको छ भने राजस्व बाँडफाँटतर्फ ५९ करोड १४ लाख १० हजार ७३० रुपैयाँ रहनेछ ।

यसैगरी प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख व्योहोरिने उपमहानगरपालिकाले जनाएको छ । सो बजेट चालु आर्थिक वर्षको भन्दा ११ करोड १४ लाख ३२ हजार २० रुपैयाँ घटी हो । उपमहानगरले अघिल्लो वर्ष २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको थियो । केन्द्र र प्रदेश सरकारले बजेटको आकार घटाएसँगै हेटौंडा उपमहानगरले पनि बजेटको आकार घटाएको हो ।

पालिका प्रेस
थप जानकारी