आगामी ५ वर्ष भित्र दुध, अण्डा र माछामासुमा आत्मनिर्भर बनाउने थाहानगरको नीतित रहेको छ । दुहुनो गाई÷भैंसी खरिदमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, जै घाँस खेतीको लागि बीउ खरिदमा अनुदान दिने पालिकाको पारित नीतिमा उल्लेख छ ।

दुहुनो गाई÷भैसीको पकेट क्षेत्रको संभाव्यता अध्ययन गर्ने, सरकारी तथा निजी पशु विकास प्राविधिकलाई समेत दक्ष बनाई १२ वटै वडामा कृतिम गर्भाधान सेवा संचालन गरी गाई÷भैंसीमा नश्ल सुधारका कार्यक्रमहरु संचालन गर्ने पालिकाले जनाएको छ । वडा कार्यालयमा माइक्रोस्कोप र औषधीको व्यवस्थापन गरी कृषकलाई वडाबाटै सेवा दिने थाहाको नीति छ ।

मत्स्य विकासको लागि सार्वजनिक खोला निजी पोखरीमा मत्स्यपालन गर्ने कृषकलाई भुरा खरिदमा पालिकाले अनुदानको व्यवस्था गर्ने भएको छ । आकस्मिक रोग तथा खोपको लागि औषधीको व्यवस्थापन गरिनेछ । घुम्ती पशु स्वास्थ्य शिविर संचालन गरी कृषकको पशु वस्तुलाई उपचार सेवा प्रदान गर्ने नीतिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी