पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७८।०७९ को नाफाबाट छुट्याएको संरक्षित पुँजी फिर्ता कोषमा रहेको ७६ लाख ६० हजार ६ सय ५५ रुपयाँ बाँडफाँड गरेको छ । सहकारीले विज्ञप्ती मार्फत यस्तो जानकारी गराएको हो । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप सदस्यहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशतभारको आधारमा रकम बाँडफाँड गरेको सहकारी संस्थाले जनाएको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्यको सहकारी संस्थामा रहेको बचत खातामा जम्मा गरिएको संस्थाका कार्यबाहक अध्यक्ष अरुण रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार बचत र कर्जा कारोबार गर्ने ७ हजार ५५८ सहकारी सदस्यहरु संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएकाछन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ १ लाख २ हजार ४ सय १३ रुपैयाँ तथा कर्जा तर्फ ५९ हजार १ सय १६ रपैयाँ सम्म प्राप्त गरेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए ।

“सर्वोकृष्ट दिगो सहकारी” भन्ने परिकल्पनाका साथ यसअघि संस्थाले १८ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल संस्थामा ६ हजार ५ सय भन्दाबढी सदस्य रहेका छन् । सहकारी संस्थाहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँड गर्ने पहिलो सहकारी संस्था हो । संस्थाले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी सदस्यहरुलाई धन्यवादसहित बधाईव् यक्तगर्दै आगामी दिनहरुमा समेत पालुङ बहुउद्देश्यीय सहकारी संस्थाबाट उच्च कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिनु विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

पालिका प्रेस
थप जानकारी