मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकामा भएका युवालाई बिदेशजान बाट रोक्न शिक्षालाई सीप र सीपलाई जीवनसंग जोडेर पालिकाले युवाहरुलाई विदेश पलाएन हुनबाट पालिकाले रोक्ने बताएका छन् । उनले १३ असारमा पालिकाले सञ्चालन भएको ६७ दिने आधारभूत व्युटीपार्लर तालिम समापनमा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष घलानले गाउँलाई शहर बनाएर गाउँको युवालाई गाउँमै रोक्ने अभियान चलाइरहेको बताए । उनले युवाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउनको लागि उनिहरुको ईच्छा अनुसारको तालिम दिने र तालिम पछी स्वरोजगार बनाएर गाउँमा नै बसाउन कार्यक्रम हरु ल्याइने जनाए । अध्यक्ष घलानले गाउँमा नै गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगार सृजना गरिने बताए । उनले सहभागीहरुलाई सीप सिकेर बेरोजगार बस्न नहुने बताउदै पालिकाले थप सहयोग गरेर भएपनि स्वरोजगार बनाउने बताए ।

यस्तै पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताए । पालिकाले नयाँ उद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको उनले बताए । यस्तै ३ नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनले तालिमले जीविकोेपार्जनका लागि सहज हुने बताए । शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उनको भनाई छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभ लिन आग्रह गरे ।

तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत र अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक र उमा मोक्तानलाई सम्मान गरिएको छ । पालिकाको आयोजना र हेटौँडा–२ स्थित सुष्माज व्युटी पार्लरको व्यवस्थापनमा गत चैत २९ गतेदेखि असार ७ गतेसम्म तालिम आयोजना भएको थियो । तालिममा बागमती गाउँपालिकाका २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सुस्मा थापा मगर, कुमारी तितुङ र अन्जु तुम्सिङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी