आइतबार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना जारी गर्दै  शिखर पुजन जात्राको अवसरमा आइतबार (असार १७ गते) सार्वजनिक बिदा दिएका हुन् ।जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सार्वजनिक बिदाको दिन सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

 

पालिका प्रेस
थप जानकारी