‘रैथाने बाली प्रवर्द्धन गरौ’ भन्ने मुल नारालाई सार्थकता दिदै १५ असारबाट कालीखोलाको कोदो पिठो ब्रान्डिङ भइ बजारमा उपलब्ध भएको छ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपलिकामा जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्वि भन्ने मूल नाराका साथ २० औ राष्ट्रिय धान दिवसको अवसरमा कोदोको पिठो ‘कालीखोला ब्राण्ड’ सार्वजनिक भएको हो ।

मकवानपुर मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले कालीखोलाको कोदो पिठो बजारीकरणका लागि सार्जनिकीकरण गरेका हुन् । संघीय सशर्त रैथानेबाली प्रवद्र्वन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको सहयोगमा वडा नम्बर ४ स्थित अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत कोदो संकलन, भण्डारण, प्रसोधन लेबलिङ, प्याकेजिङ र बजारीकरणको कार्य गर्ने गरि कालीखोला कोदो पिठो एक किलोको प्याकेट बजारमा आएको हो ।

कालीखोला ब्राण्डको कोदोको पिठो प्रतिकलो एकसय रूपैया तोकिएको पालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । कृषि विकास शाखाले कोदोका साथै अन्य थुप्रै रैथाने बाली संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

पालिका प्रेस
थप जानकारी