इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ल्याएको बजेट वडाबाट बहिस्कार भएको छ ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का वडाध्यक्षहरुले बजेट बहिस्कार गरेका हुन् । एमालेको अध्यक्ष र उपाध्यक्ष रहेको इन्द्रसरोवरमा कांग्रेसका वडाध्यक्ष तथा वडासदस्यहरुले बजेट बहिस्कार गरेका हुन्।

१ र ५ का वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै बजेट बहिस्कार गरेको बताएका छन् । वडा नम्बर १ का अध्यक्ष सुवास थापा मगरका अनुसार वडाले दिएको कार्यक्रमहरुलाई सम्बोधन नगरिएको र एकलौटी ढंगले अध्यक्षले बजेट बनाएको आरोप छ । गाउँ पालिकाको १२ औँ सभामा वडा नं। १ को वडा बासीको हितका लागि ‘प्रयोग मैत्री संरचना, स्वास्थ्य शिक्षा, पर्यटन र कृषि समतामुलक विकास इन्द्रसरोवरको समृद्धि’ भन्ने नारा लाई सम्बोधन नगरेको भन्दै वडाध्यक्ष मगरले चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार श्रोत सुनिश्चत नगराई बजेट तयार गरिएको छ।

त्यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष दुत राज तितुङले गाउँ पालिकाले हाल्ने योजनाहरु र वडाले हाल्ने योजनाहरु सभामा प्रस्तुत हुनु अगावै छलफल गरि टुङ्याउनु पर्नेमा पालिका टिम एकलौटी रुपमा अगाडि बढ्न खोज्दा महत्वपूर्ण बिषय शीर्षकहरु छुटेको बताए । वडासँग समन्वय नगरी बजेट बनाइएकोले आफूहरु त्यो बजेट स्वीकार गर्न सक्ने स्थितीमा नरहेको उनले बताए । ‘एकलौटी ढंगले बजेट ल्याउने प्रवृत्तिमा सुधार गराउनको लागि सचेत गराउन बजेट बहिस्कार गरेका हौँ,’ वडाध्यक्ष तितुङले भने ।

पालिका प्रेस
थप जानकारी