काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाएको छ ।
महानगरको शिक्षा विभागले सूचना जारी गर्दै असार २८ बिहान १० बजेदेखि साउन १२ गते राती ११ः५९ बजेसम्म विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । आवेदनका लागि महानगरको वेबसाइटमार्फत अनलाइन दिनुपर्नेछ ।
छात्रवृत्तिका लागि आगामी साउन २० गते बिहान ११ बजेदेखि परीक्षा सञ्चालन हुने सूचनामा जनाइएको छ ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्