मकवानपुरको थाहा नगरपालिकाले वडाको सिलिङसहित नगरपालिकाबाट गरिएको थप बजेट विनियोजन भएका योजनाहरु सार्वजनिक गरेको छ । थहाानगरले वडास्तर र नगरस्तर गरी दुई किसिमको पूर्वाधार विकास तर्फको १५ करोड ३६ लाख बजेट सार्वजनिक गरेको हो ।

विवरण अनुसार वडा नम्बर १ मा वडास्तरीय भनेर ७५ लाखको ११ वटा योजना र नगरस्तरीय ४ वटा योजनाका लागि ४५ लाख गरी १ करोड २० लाख विनियोजन गरेको छ । वडा नम्बर २ मा वडास्तरका लागि ६ वटा योजनाका लागि ७२ लाख तथा नगरस्तरीय ४६ लाख गरी १ करोड १८ लाख, वडा नम्बर ३ मा वडास्तरीय ११ वटा योजनाका लागि ७० लाख र नगरस्तरीय १० वटा योजनाका लागि ८७ लाख गरी १ करोड ५७ लाख, वडा नम्बर ४ मा वडास्तरीय ११ वटा योजनाका लागि ७६ लाख र नगरस्तरीय ४ वटा योजनाका लागि ४५ लाख गरी १ करोड २१ लाख, वडा नम्बर ५ को वडास्तरीय १३ योजनाका लागि ९० लाख र नगरस्तरीय ३ वटा योजनाका लागि ३५ लाख गरी १ करोड २५ लाख, वडा नम्बर ६ मा वडास्तरीय ६ वटा योजनाका लागि ५६ लाख र नगरस्तरीय ३ वटा योजनालाई ४६ लाख गरी १ करोड २ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यसैगरी वडा नम्बर ७ मा वडास्तरीय १२ वटा योजनाका लागि ८८ लाख र नगरस्तरीय ५ वटा योजनाका लागि ४२ लाख गरी १ करोड ३० लाख, वडा नम्बर ८ को वडास्तरीय १० वटा योजनालाई ७६ लाख र नगरस्तरीय ५ वटा योजनाको लागि ५० लाख रुपियाँ गरी १ करोड २६ लाख, वडा नम्बर ९ को वडास्तरीय ८ वटा योजनाको लागि ८० लाख र नगरस्तरीय ४ वटा योजनाको लागि ५० लाख गरी १ करोड ३० लाख, वडा नम्बर १० को वडास्तरीय ८ वटा योजनाको लागि ७२ लाख र नगरस्तरीय ४ वटा योजनाका लागि ४५ लाख गरी १ करोड १७ लाख., वडा नम्बर ११ को १५ वटा वडास्तरीय योजनाका लागि १ करोड र नगरस्तरीय ३ वटा योजनाका लागि ४० लाख गरी १ करोड ४० लाख, वडा नम्बर १२ का लागि १४ वटा वडास्तरीय योजनाका लागि १ करोड र नगरस्तरीय ५ वटा योजनाको लागि ५० लाख गरी १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा हस्ताक्षर गरिएको विवरणमा उल्लेख छ ।

बजेट सम्बन्धी सार्वजनिक भएको विवरणमा भनिएको छ–‘मिति २०८०–०३–१० गतेको नगरसभाबाट स्वीकृत तथा नगर कार्यपालिकाको २०८०/०४/०८ को निर्णय बमोजिम आ.ब. २०८०/०८१ का लागि स्वीकृत भएका योजनाहरुको विनियोजित बजेट सहितको विवरण’ । थाहा नगरपालिकाले १० असारमा सम्पन्न१२ औं नगरसभाले आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको थियो ।

 

 

विवरण स्रोत: थाहापाटी

 

 

पालिका प्रेस
थप जानकारी