हेटौंडा उपमहानगरपालिकाले आवधिक योजना निर्माण थालेको छ । आगामि ५ बर्षमा गर्ने कामले नगरको विकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालिन खर्च संरचना तर्जुमा निर्माण थालेको हो । उपमहानगरले बनाएको पाँच वर्षे लक्ष्यलाई कार्यान्वयन गरउँदै नगरको आर्थिक, समाजिक, पुर्वाधार बिकास र सम्भावनाको आंकलन गर्दै नगरलाई अव्बल बनाउन मद्दत गर्ने बताइएको छ ।

करिब ४ महिनाको समय सीमा राखेर उपमहानगरले आवधिक योजना निर्माण थालेको हो । योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दिगो विकास र सम्भावनाको आंकलन गरीने उपमहानगरको समाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए । आवधि योजनाले नगरमा निर्माण हुने गौरवका योजना कार्यान्वयका लागि संघ, प्रदेशसँग समन्वयका लागि भूमिका खेल्ने उनले बताए ।

उनका अनुसार महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र विकासको गतिबिधी र सम्भावनालाई (जिआइएस) प्रविधी मार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको हो । योजना निर्माण पूर्व उपमहानगरले निर्माण गर्ने आवधिक योजनाबारे १४ साउनमा छलफल गरीएको छ । उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुख बिच परामर्शदाता सस्थाले अभिमुखिकरण गरेको छ । योजना अनुसार १५ साउनबाट नगरका बिभिन्न वडाहरुको आधारभूत सर्वेक्षण सुरु गरिने भएको छ । सर्वे मार्फत नगरका वडाहरुको भौगोलिक सुचना प्रणालीमा आधारीत तथ्याङक संकलन गर्ने कार्य थालिने छ । योजना निर्माण अन्तरगत १५ साउनदेखि १९ गतेसम्म प्रत्येक वडाहरुमा पुगी पहिलो चरणको सर्वे हुनेछ । आधारभूत सर्वेक्षण मार्फत नगरको समग्र आर्थिक, समाजिक अवस्था मापन गर्न सकिने बताइएको छ ।

नगरको सामाजिक तथा आर्थिक विकासका लागि उपलव्ध साधन श्रोतको परिचालन गरी लक्ष्य निति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेज आवधिक योजना भएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी