बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान अन्तर्गत थाहा नगरपालिकामा पनि अभियान सुरु गरिएको छ । रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको हो ।
खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाई÷भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा. सृजना वाग्लेले जानकारी दिईन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्याङ्क संकलन गरी सार्वजनिकीकरणसमेत गरिने उनले बताईन् ।
साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उद्घाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । लम्पी स्किन रोग झिंगा, लामखट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने उक्त रोगका कारण गाईभैँसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउनेलगायतका लक्षण देखा पर्ने चिकित्सकको भनाइ छ।
अभियान अन्तर्गत छनोट भएका भ्याक्सिनेटरहरुले खोप लगाउने थाहानगरका पशु प्राविधिक रुपेश मिश्रले जानकारी दिए । थाहा नगरपालिका भित्र रहेका २८१ गाई भैंसीलाई लम्पी स्किन रोग लागेको र ती मध्य २७ वटा चौपायाको रोगको कारण मृत्यु भएको पशु प्राविधिक मिश्रले बताए । उनले नगरपालिका भित्र रहेका ९ सय ५० गाई भैंसीलाई लम्पिस्किन बिरुद्धको भ्याक्सिन लगाइसकेको जानकारी दिएका छन ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्