मकवानपुरको कैलाश गाउँपालिकाले छात्रवृत्तिमा १८ महिने प्राविधिक शिक्षा अध्ययनका गर्न चाहने विद्यार्थीहरुको नामावली पठाउन वडा कार्यालयहरुलाई परिपत्र गरेको छ । वडामा निवेदन परेका मध्ये प्रतिवडा २÷२ जना छात्रछात्राको दरले छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर थिङले जानकारी दिए । कैलाशमा १० वटा वडा रहेका छन् ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम अनुसार पीजेटीए तथा भीजेटिए पढ्न पालिकाले छात्रवृत्ति उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रम र स्वीकृत वार्षिक बजेट अनुसार गाउँपालिका भित्र स्थायी बसोबास गरेका माध्यमिक शिक्षा परीक्षा (एसइई) उतीर्ण गरेका विद्यार्थीले छात्रवृत्ति छनोटमा सहभागी हुन पाउनेछन् ।

छनोट भएका विद्यार्थीहरुले कालिका माध्यमिक विद्यालय नामटारमा १८ महिने शिक्षा प्राविधिक शिक्षा पढ्न पाउनेछन् । वडाहरुले यहि ७ भाद्रसम्म विद्यार्थी छनोट गरिसक्नु पर्नेछ ।

पालिका प्रेस
थप जानकारी